,
कानून शाखा
उजूरी तथा विवाद सम्बन्धी निवेदन दर्ता
- न्यायीक समितिले उजुरीको कारवाही किनारा गर्दा अपनाउनु पर्ने कार्यविधिका सम्बन्धमा ब्यबस्था गर्न बनेको ऐन ,२०७५ को अनुसूची -१ बमोजिमको रीत पुगेको निवेदन पत्र,
- सम्बन्धित निवेदकको नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि,
-विवाद संग सम्बन्धित अन्य आवश्यक कागजातहरु ।
म्याद तामेली
- सम्बन्धित निवेदनको प्रतिलिपि,
- म्याद तामेली पत्र ।
प्रक्रिया
उजुरी तथा विवादको लिखित जवाफ दर्ता
-ऐनको अनुसूची २ बमोजिमको रीत पुगेको निवेदन पत्र,
-सम्बन्धित निवेदकको नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि,
-विवाद संग सम्बन्धित अन्य आवश्यक कागजातहरु ।
कार्यालयको नियम आनुसार
कानुनी राय ,परामर्श सेवा
-आवश्यकता अनुसार
कार्यालयको नियम आनुसार
मेलमिलाप
- अनुसूची -९ बमोजिमको ढाचामा दुवै पक्षहरुको मिलापत्रका लागि मेलमिलाप गराई पाउ भन्ने संयूक्त निवेदन ।
कार्यालयको नियम आनुसार
निरुपण हुने अधिकारक्षेत्र अन्तर्गत निर्णय र संरक्षणात्मक आदेश जारी
-निवेदनमा पेश गरिएका संलग्न आवश्यक प्रमाण कागजातहरु,
-पक्ष विपक्षका साक्षीहरुको बयान,
-बकपत्र,
-विवादित पक्षहरुको स्वीकारोक्ति,
-पक्षको अवस्था,
-अन्य सम्बन्धित प्रमाण ।
कार्यालयको नियम आनुसार
निर्णय कार्यान्वयन (भाराई दिने वा चलन चलाई दिने )
क )अचल सम्पत्तिको हकमा
-घर जग्गा भए रहेको स्थानको ठेगाना तथा चार किल्ला सडक संग जोडीएको नजोडीएको अवस्था,
-घर रहेको भए घरको तला तथा कवज र सम्भव भएसम्म बर्गफित,
-घर जग्गाको अवस्थिति आवस र औधोगिक ब्यापारिक क्षेत्रको व्यहोरा,
-घर जग्गाको स्वामित्ब रहेको व्यक्तिको स्वामित्ब वा फरक व्यक्तिको भोग चलन गर्नेको नामथर ,
- घरमा भएको लगापत तथा खरिद बिक्रि हुने न्यूनतम मूल्य उल्लेख गरी अनुसूची -१२ बमोजिमको ढाचामा पेश भएको निवेदन ।
ख )चल सम्पत्तिको हकमा
- स्रोत खुलेको यथासम्भव नगद रहेको बैंक खाता वा कुनै सहकारी वा बचत संस्थामा रहेको रकम ।
कार्यालयको नियम आनुसार
