अ-
अ+
डाउनलोड एप
" समतामुलक, समृद्ध पर्यटकीय नगरीः पहिचान सहितको हाम्रो घोडाघोडी । "
Back
कृषि विकास शाखा - सेवाहरु
ब्यवसायिक पशु पंक्षी/माछा पालन फर्म दर्ताको सिफारिस
पेश गरेकै दिन । सर्जमिन आवश्यक पर्नेको हकमा तीन दिनभित्र ।
आवश्यक कागजात :

१) रितपूर्वकको निवेदन

२) नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपी ।

३) ब्यवसाय गर्ने स्थानको जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपी ।

४) बहालकोजग्गाभए सम्झौतापत्रकोप्रतिलिपी ।

५) सम्वन्धित वडा कार्यालयको सिफारिस पत्र ।

६) चारकिल्ला प्रमाणित ।

७) सर्जमिन मुचुल्का ।

८) वातावरणिय प्रभाव मूल्याङ्कन प्रतिवेदन ।

९) स्वयम् व्यक्तीको पास्पोर्ट साईजको फोटो २ प्रती

प्रक्रिया :

उल्लेखित कागजातहरू सहित निवेदन पेश गरेपछि आवश्यक जाँचबुझका आधारमा सिफारिस गरिनेछ ।

लाग्ने दस्तुर : आर्थिक ऐनमा तोकिए बमोजिम ।
जिम्मेवारी : प्रमुख प्रशासकीय अधिकृत
गुनासो सुन्ने पदाधिकारी : पशु सेवा शाखा
कृषक समूह दर्ता
सोहि दिन
आवश्यक कागजात :

१) निवेदन।
२) कम्तीमा १५ जना कृषकहरू रहेको समूहको भेलाको निर्णय।
३) समूहको विधान (२ प्रति)।
४) सबै सदस्यहरूको नागरिकता प्रमाणपत्रको प्रतिलिपि।
५) तोकिएको दस्तुर तिरेको रसिद।

प्रक्रिया :

१) आवश्यक कागजातसहित निवेदन पेश गर्ने।
२) दर्ता गर्ने।
३) तोकिएको कर्मचारीले जाँच गरी दर्ता गर्ने।
४) प्रमाणपत्र उपलब्ध गराउने।

लाग्ने दस्तुर : १०० ।-
जिम्मेवारी : सरोकारवाला
गुनासो सुन्ने पदाधिकारी : नगर प्रमुख
कृषक समूह नविकरण
सबै प्रक्रिया पुरा भएमा सोहि दिन
आवश्यक कागजात :
१) रितपूर्वकको निवेदन ।
२) कृषक समूह दर्ता प्रमाणपत्र ।
३) बैठकको निर्णयको प्रतिलिपी ।
४) अघिल्लो आ. व. को करचुक्ता प्रमाण पत्र ।
५) कार्ययोजना ।
प्रक्रिया :

उल्लेखित कागजातहरू सहित निवेदन पेश गरेपछि आवश्यक जाँचबुझका आधारमा प्रमाणपत्र वितरण गरिनेछ ।

लाग्ने दस्तुर : रू. ७५०
जिम्मेवारी : कृषि विकास शाखा
गुनासो सुन्ने पदाधिकारी : प्रमुख प्रशासकीय अधिकृत
रासायनिक मल विक्रेता प्रमाणपत्र
प्रक्रिया पुगेको भए सोहि दिन ।
आवश्यक कागजात :
१) रितपूर्वकको निवेदन ।
२) सहकारी दर्ता प्रमाणपत्रको प्रतिलिपी ।
३)  सम्बन्धित वडाको सिफारिस पत्र ।
४) स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपी ।
५) गत आ.व.को लेखापरीक्षण प्रतिवेदन ।
६) कर चुक्ता प्रमाणपत्रको प्रतिलिपी ।

प्रक्रिया :

उल्लेखित कागजातहरू सहित निवेदन पेश गरेपछि आवश्यक जाँचबुझका आधारमा प्रमाणपत्र वितरण गरिनेछ ।

लाग्ने दस्तुर : रू. ७०००
जिम्मेवारी : कृषि विकास शाखा
गुनासो सुन्ने पदाधिकारी : प्रमुख प्रशासकीय अधिकृत
प्रमुख
जनक सिंह धामी
कृषि विकास अधिकृत
9815686028


© 2026. घोडाघोडी नगरपालिका, सुदूरपश्‍चिम प्रदेश, नगर कार्यपालिकाको कार्यालय. सर्वाधिकार सुरक्षित