,
प्रशासन शाखा
सरकारी तथा अन्य निकायबाट सञ्चालित योजनाको सिफारिस्
१) सम्बन्धित उपभोक्ता समिति वा संस्थाको निवेदन ।
२) बजेट तथा कार्यक्रम देखिने प्रमाणको प्रतिलिपी
३) अनुदान दिने निकाय र उपभोक्ता वा संस्था बीचको सम्झौता ।
४) कार्यक्रम सम्पन्न भएको देखिने फोटोहरू ।
५) कार्यक्रम सञ्चालन भएको सम्बन्धित वडाको सिफारिस ।
६) उपभोक्ता समिति गठन भएको निर्णयको प्रतिलिपी र संस्था भए संस्था दर्ताको प्रमाण पत्रको प्रतिलिपी ।
७) खर्च सार्वजनिक गरेको विवरणको प्रतिलिपी ।
८) संस्थाको कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपी ।
उल्लेखित कागजात पेश भएपछि आवश्यक जाँचबुझ गरी कार्यसम्पन्न भएपछि सिफारिस गरिनेछ
गैर सरकारी संस्था नवीकरण
१) रितपूर्वकको निवेदन ।
२) लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपी ।
३) कर चुक्ता प्रमाणपत्रको प्रतिलिपी ।
४) संस्थाको प्रगति प्रतिवेदन ।
उल्लेखित कागजातहरू सहित निवेदन पेश भएपछि अध्ययन गरी औचित्य र आवश्यकताका आधारमा नवीकरण गरिनेछ ।
गैर सरकारी संस्था कार्यक्रम सञ्चालन पूर्व स्वीकृति
१) संस्था दर्ता प्रमाण पत्रको प्रतिलिपी ।
२) संस्थाको विधानको प्रतिलिपी ।
३) सम्बन्धित वडाको सिफारिस पत्र ।
४) संस्थाका पदाधिकारीहरूको नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।
५) कार्यसमिति गठनको निर्णयको प्रतिलिपी ।
६) स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपी ।
७) वार्षिक आर्थिक प्रतिवेदन।
८) कर चुक्ता प्रमाण पत्रको प्रतिलिपी ।
९) कार्यक्रमको विस्तृत विवरण ।
उल्लेखित कागजातहरू सहित निवेदन पेश भएपछि अध्ययन गरी औचित्य र आवश्यकताका कार्यक्रम सञचालन अनुमति प्रदान गरिनेछ ।
गैर सरकारी संस्था दर्ता
१) संस्था दर्ताको लागि निवेदन ।
२) संस्थाको विधानको प्रतिलिपी ।
३) सम्बन्धित वडाको सिफारिस पत्र ।
४) संस्थाका पदाधिकारीहरूको नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।
५) कार्यसमिति गठनको निर्णयको प्रतिलिपी 6) संस्थाको छाप ।
उल्लेखित कागजातहरू सहित निवेदन पेश भएपछि अध्ययन गरी औचित्य र आवश्यकताका आधारमा दर्ता गरिनेछ ।
"घ"वर्गको निर्माण व्यवसायी इजाजतपत्र
-तोकीए बमोजिमको ढाचामा निवेदन (अनुसूची १ बमोजिम )
-"घ " वर्गको निर्माण ब्यबसायीको लागि आवस्यक योग्यता (अनुसूची-५ बमोजिम )पुरा भएको हुनु पर्ने,
-क.आर्थिक क्षमता :प्राइभेट वा पब्लिक लिमिटेड कम्पनि वा साझेदारी फर्मको रुपमा घटीमा ५ लाख रुपैयाको चालु पुजी देखाई उद्योग विभागमा दर्ता भएको हुनु पर्नेछ।
-ख.मूख्य जनसक्ति बिबरण :मान्यता प्राप्त शिक्षण संस्थाबाट सिभिल इनजिनियरिङ्ग विषयमा कम्तिमा प्रमाणपत्र तह उतिर्ण एक जना प्राविधिक, कुनै पनि बिषयमा प्रमाणपत्र तह उतिर्ण एक जना प्रशासनिक र बाणिज्य शास्त्र /अर्थसास्त्रमा प्रमाणपत्र तह उतिर्ण एक जना जनसक्तिको सेवा पुरा समय प्राप्त हुने व्यवस्था हुनु पर्ने छ ।
-ग.मेसिन र उपकरण
(१ )ट्रीपर /ट्रयाक्टर (एक /एक थान )
(२ )मिक्सर (एक थान )
(३)Thedolite/Level Machaine(एक सेट)
(४)वाटर पम्प (तिन थान )
(५)भाइब्रेटर (तिन थान )
-जाचबुझ समितिको निर्णय तथा कार्यपालिकाको बैठकको निर्णय।
-
"घ " वर्गको निर्माण ब्यबसायी इजाजतपत्र नबिकरण
-तोकिए बमोजिमको ढाचामा निवेदन (अनुसूची-६ बमोजिम ),
-घरेलु तथा साना उद्योग कार्यालयको सिफारिस,
-इजाजतपत्रको प्रमाणपत्र,
-आन्तरिक राजश्व कार्यालयको सिफारिस ,कर तिरेको रसिद,
-कार्यविधिको अनुसूची -२ बमोजिमको चालु आ. व. को दस्तुर तिरेको नगदी रसिदको प्रमाण,
-कार्यविधि अनुसूची -४ बमोजिमको पासबुक भरी पेस गर्नुपर्ने,
-अन्य भए खुलाउने ।
-
