अ-
अ+
डाउनलोड एप
" समतामुलक, समृद्ध पर्यटकीय नगरीः पहिचान सहितको हाम्रो घोडाघोडी । "
Back
याेजना तथा अनुगमन शाखा
कार्यक्रम सञ्चालनको लागि पेश्की लिंदा
पेश गरेको भोलिपल्ट
आवश्यक कागजात :

१) निर्धारित ढाँचामा निवेदन ।

२) स्विकृत प्रस्तावना ।

३) विनियोजित बजेट देखिने पुस्तिकाको प्रतिलिपी ।

प्रक्रिया :

उल्लेखित कागजातका साथै टिप्पणी र कार्यक्रमसँग सम्बन्धित शाखा वा इकाईको सिफारिस साथ पेश गरी टिप्पणी सदर भएपछि नियम अनुसार पेश्की दिइनेछ ।

लाग्ने दस्तुर : निःशुल्क
जिम्मेवारी : प्रमुख प्रशासकीय अधिकृत
गुनासो सुन्ने पदाधिकारी : सम्बन्धित निकाय/संस्था/कर्मचारी तथा पदाधिकारी /खरिद ईकाइ/ आर्थिक प्रशासन शाखा
पेश्की फर्छ्यौट गर्दा
पेश गरेको ३ दिन भित्रमा
आवश्यक कागजात :

१) निर्धारित ढाँचामा निवेदन ।

२) वास्तविक रूपमा भएको खर्चहरूको शीर्षक अनुसार तेरिज ।

३) स्विकृत प्रस्तावनाको सक्कल प्रति ।

४) कार्यक्रम सञ्चालन र सम्पन्न भएको देखिने फोटोहरू ।

५) सार्वजनिक खरिद ऐन र नियमावलीको मापदण्ड बमोजिम मालसामान

खरिदको सक्कल बिल, भरपाई र मालसामान वितरण तथा रकम बुझाएको भरपाई ।

६) उपस्थितिको प्रतिलिपी ।

७) जुन वडामा कार्यक्रम सञ्चालन भएको हो उक्त वडाको सिफारिस ।

८) विनियोजित बजेट देखिने पुस्तिकाको प्रतिलिपी ।

९) कार्यक्रम सम्पन्न प्रतिवेदन ।

१०) आन्तरिक लेखापरीक्षणको प्रतिवेदन समावेश गर्नु पर्ने ।

तोकिएको मलेप फारम अनुसार सम्पूर्ण विवरण पेश गर्नुपर्ने

प्रक्रिया :

उल्लेखित कागजात सम्बन्धित शाखाको अनुगमन तथा सिफारिस साथ 

आएमा पेश्की फर्छ्यौट गरिनेछ ।

लाग्ने दस्तुर : निःशुल्क
जिम्मेवारी : प्रमुख प्रशासकीय अधिकृत
गुनासो सुन्ने पदाधिकारी : योजना तथा अनुगमन शाखा/ आर्थिक प्रशासन शाखा
उपभोक्ता समिति दर्ता
सोहि दिन
आवश्यक कागजात :

१) आम भेलाको प्रतिलिपी

२) सम्बन्धित वडा कार्यालयको सिफारिस

३) उपभोक्ता समितिमा बसोका

४) पदाधिकारीहरूको नागरिकता प्रमाणपत्रको प्रतिलिपी

५) उपभोक्ता समिति दर्ताको लागि निवेदन

६) विनियोजित बजेट देखिने बजेट पुस्तिकाको प्रतिलिपी ।

प्रक्रिया :

उल्लेखित कागजात संलग्न राखि योजना तथा अनुगमन शाखामा पेश गरेपछि रित पुगेको भए दर्ता गरिनेछ ।

लाग्ने दस्तुर : निःशुल्क
जिम्मेवारी : प्रमुख प्रशासकीय अधिकृत
गुनासो सुन्ने पदाधिकारी : योजना शाखा
योजना सम्झौता गर्ने
सोहि दिन
आवश्यक कागजात :

१) सम्बन्धित वडाको प्राविधिकले तयार गरेको लागत इष्टिमेट ।

२) बैंक खाता खोलेको प्रमाण र खाता नम्बर ।

३) योजना कार्यान्वयनको कार्ययोजना ।

४) उपभोक्ता समितिको छापको नमूना ।

५) निर्धारित ढाँचामा निवेदन ।

प्रक्रिया :

उल्लेखित कागजात संलग्न राखि योजना तथा अनुगमन शाखामा पेश गरेपछि रित पुगेको भए योजना सम्झौता गरिनेछ ।

लाग्ने दस्तुर : निःशुल्क
जिम्मेवारी : प्रमुख प्रशासकीय अधिकृत
गुनासो सुन्ने पदाधिकारी : योजना शाखा
बैंक खाता खोल्न सिफारिस
सोहि दिन
आवश्यक कागजात :

१) उपभोक्ता समितिले बैंक खाता खोल्ने निर्णय गरेको निर्णयको प्रतिलिपी ।

२) अध्यक्ष, सचिव र कोषाध्यक्षको नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।

३) बैंकको दस्तखत नमूना कार्ड, ग्राहक पहिचान विवरण फाराम ।

४) निर्धारित ढाँचामा निवेदन ।

प्रक्रिया :

उल्लेखित कागजात संलग्न राखि योजना तथा अनुगमन शाखामा पेश गरेपछि रित पुगेको भए सिफारिस गरिनेछ ।

लाग्ने दस्तुर : निःशुल्क
जिम्मेवारी : प्रमुख प्रशासकीय अधिकृत
गुनासो सुन्ने पदाधिकारी : योजना शाखा
कार्यक्रमको भुक्तानी
पेश गरेको ३ दिन भित्र
आवश्यक कागजात :

१) निर्धारित ढाँचामा निवेदन ।

२) वास्तविक रूपमा भएको खर्चहरूको शीर्षक अनुसार तेरिज ।

३) स्विकृत प्रस्तावनाको सक्कल प्रति ।

४) कार्यक्रम सञ्चालन र सम्पन्न भएको देखिने फोटोहरू ।

५) सार्वजनिक खरिद ऐन र नियमावलीको मापदण्ड बमोजिम मालसामान खरिदको सक्कल बिल, भरपाई र मालसामान वितरण तथा रकम बुझाएको भरपाई ।

६) उपस्थितिको प्रतिलिपी ।

७) जुन वडामा कार्यक्रम सञ्चालन भएको हो उक्त वडाको सिफारिस ।

८) विनियोजित बजेट देखिने पुस्तिकाको प्रतिलिपी ।

९) कार्यक्रम सम्पन्न प्रतिवेदन ।

१०) आन्तरिक लेखापरीक्षणको प्रतिवेदन समावेश गर्नु पर्ने । तोकिएको मलेप फारम अनुसार सम्पूर्ण विवरण पेश गर्नुपर्ने

प्रक्रिया :

उल्लेखित कागजात संलग्न राखि योजना तथा अनुगमन शाखामा पेश गरेपछि रित पुगेको भए कार्यक्रमको रकम भुक्तानी गरिनेछ ।

लाग्ने दस्तुर : निःशुल्क
जिम्मेवारी : प्रमुख प्रशासकीय अधिकृत
गुनासो सुन्ने पदाधिकारी : आर्थिक प्रशासन /योजना शाखा
योजना कार्यान्वयन
इष्टिमेट अनुसार काम सम्पन्न भएको प्रतिवेदन प्राप्त भएपछि ।
आवश्यक कागजात :

१) लागत इष्टिमेट अनुसारका कार्यहरू गर्ने ।

२) कामको गुणस्तर कायम गर्ने ।

प्रक्रिया :

अनुगमन, सुपरीवेक्षण तथा मूल्याङ्कन समितिबाट कामको अनुगमन गरिनेछ ।

लाग्ने दस्तुर : निःशुल्क
जिम्मेवारी : प्रमुख प्रशासकीय अधिकृत
गुनासो सुन्ने पदाधिकारी : योजना शाखा
योजनाको भुक्तानी
पेश भएको ३ दिनभित्र
आवश्यक कागजात :

१) निर्धारित ढाँचामा निवेदन ।

२) शिर्षक अनुसार खर्चको तेरिज ।

३) विनियोजित बजेट देखिने बजेट तथा कार्यक्रम पुस्तिकाको प्रतिलिपी ।

४) कार्यक्रमको स्विकृत प्रस्तावना/सम्झौता/ लागत अनुमान कार्यदेश।

५) सबै योजनालाई जुन वडामा योजना सम्पन्न भएको हो उक्त वडाको सिफारिस पत्र ।

६) वडाको भुक्तानी दिने सम्बन्धमा भएको निर्णयको प्रमाणित प्रतिलीपि

७) वडा बाट विनियोजन भई कार्यान्वयन भएका योजनाको सम्पन्न पश्चात उक्त वडाको किटानी जारी सहितको सिफारिस पत्र र वडा अनुगमन समितिले अनुगमन गरेको सकल अनुगमनको प्रतिवेदन ।

८) उपभोक्ता समितिले खर्च सार्वजनिक गरेको निर्णयको प्रतिलिपी ।

९) आम भेला मार्फत खर्च सार्वजनिक गरेको प्रतिलिपी ।

१०) सार्वजनिक परीक्षण फाराम ।

११) खर्च सार्वजनिक सूचना फाराम ।

१२) उपभोक्ता समितिको भौतिक तथा वित्तिय प्रगति प्रतिवेदन ।

१३) योजना सम्झौता र कार्यादेश ।

१४)सार्वजनिक खरिद ऐन र नियमावलीको आधरमा रहि खरिद भएको मालसामान खरिद गरेको सक्कलै बिल

१५) भरपाई र मालसामान वितरण तथा रकम बुझाएको भरपाई ।

१६) उपस्थितिको प्रतिलिपी ।

१७) कार्यक्रम/योजना सञ्चालन र सम्पन्न भएको देखिने गरी खिचिएको फोटोहरू ।

१८) प्राविधिकबाट कार्य सम्पन्न गरेको प्रतिवेदन ।

१९) उपभोक्ता बिल ।

२०) गाउँपालिका स्तरीय अनुगमन समितिले गरेको अनुगमनको प्रतिवेदन

२१) आन्तरिक लेखापरीक्षणको प्रतिवेदन ।

प्रक्रिया :

उल्लेखित कागजात तथा सबै प्रक्रिया पुरा गरेको भए योजनाको रकम भुक्तानी दिइनेछ ।

लाग्ने दस्तुर : निःशुल्क
जिम्मेवारी : प्रमुख प्रशासकीय अधिकृत
गुनासो सुन्ने पदाधिकारी : आर्थिक प्रशासन /योजना शाखा
धरौटी फिर्ता
पेश गरेको ३ दिन भित्रमा
आवश्यक कागजात :

ठेक्का फर्मको हकमा

१) निर्धारित ढाँचामा निवेदन ।

२) आन्तरिक राजश्च कार्यालयको मूल्य अभिवृद्दि कर चुक्ता प्रमाणपत्रको प्रतिलिपी ।

३) आन्तरिक राजश्व कार्यालयको कर समायोजन पत्र ।

४) सम्बन्धित शाखा/इकाईको सिफारिस पत्र ।


उपभोक्ता समितिको हकमा

१) निर्धारित ढाँचामा निवेदन ।

२) उपभोक्ता समितिको धरौटी फिर्ता सम्बन्धी निर्णयको प्रतिलिपी ।

३) प्राविधिकबाट धरौटी फिर्ता गर्ने सिफारिस पत्र ।

४) वडा कार्यालयको सिफारिस पत्र ।

५) गाउँपालिका अनुगमन समितिले सिफारिस गरेको पत्र ।

प्रक्रिया :

उल्लेखित कागजात साथ सबै प्रक्रिया पुरा भएको भए धरौटी फिर्ता गरिनेछ ।

लाग्ने दस्तुर : निःशुल्क
जिम्मेवारी : प्रमुख प्रशासकीय अधिकृत
गुनासो सुन्ने पदाधिकारी : आर्थिक प्रशासन शाखा
सरकारी तथा अन्य निकायबाट सञ्चालित योजनाको सिफारिस्
पेश गरेको ३ दिनभित्र
आवश्यक कागजात :

१) सम्बन्धित उपभोक्ता समिति वा संस्थाको निवेदन ।

२) बजेट तथा कार्यक्रम देखिने प्रमाणको प्रतिलिपी

३) अनुदान दिने निकाय र उपभोक्ता वा संस्था बीचको सम्झौता ।

४) कार्यक्रम सम्पन्न भएको देखिने फोटोहरू ।

५) कार्यक्रम सञ्चालन भएको सम्बन्धित वडाको सिफारिस ।

६) उपभोक्ता समिति गठन भएको निर्णयको प्रतिलिपी र संस्था भए संस्था दर्ताको प्रमाण पत्रको प्रतिलिपी ।

७) खर्च सार्वजनिक गरेको विवरणको प्रतिलिपी ।

८) संस्थाको कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपी ।

प्रक्रिया :

उल्लेखित कागजात पेश भएपछि आवश्यक जाँचबुझ गरी कार्यसम्पन्न भएपछि सिफारिस गरिनेछ

लाग्ने दस्तुर : निःशुल्क
जिम्मेवारी : प्रमुख प्रशासकीय अधिकृत
गुनासो सुन्ने पदाधिकारी : योजना शाखा
"घ"वर्गको निर्माण व्यवसायी इजाजतपत्र
३० दिन भित्र
आवश्यक कागजात :

-तोकीए बमोजिमको ढाचामा निवेदन (अनुसूची १ बमोजिम )

-"घ " वर्गको निर्माण ब्यबसायीको लागि आवस्यक योग्यता (अनुसूची-५ बमोजिम )पुरा भएको हुनु पर्ने,

-क.आर्थिक क्षमता :प्राइभेट वा पब्लिक लिमिटेड कम्पनि वा साझेदारी फर्मको रुपमा घटीमा ५ लाख रुपैयाको चालु पुजी देखाई उद्योग विभागमा दर्ता भएको हुनु पर्नेछ।

-ख.मूख्य जनसक्ति बिबरण :मान्यता प्राप्त शिक्षण संस्थाबाट सिभिल इनजिनियरिङ्ग विषयमा कम्तिमा प्रमाणपत्र तह उतिर्ण एक  जना प्राविधिक, कुनै पनि बिषयमा प्रमाणपत्र तह उतिर्ण एक जना प्रशासनिक र बाणिज्य शास्त्र /अर्थसास्त्रमा प्रमाणपत्र तह उतिर्ण एक जना जनसक्तिको सेवा पुरा समय प्राप्त हुने व्यवस्था  हुनु पर्ने छ ।

-ग.मेसिन र उपकरण 

(१ )ट्रीपर /ट्रयाक्टर (एक /एक थान )

(२ )मिक्सर (एक थान )

(३)Thedolite/Level Machaine(एक सेट)

(४)वाटर पम्प (तिन थान )

(५)भाइब्रेटर (तिन थान )

-जाचबुझ समितिको निर्णय तथा कार्यपालिकाको बैठकको निर्णय।   

प्रक्रिया :

-

लाग्ने दस्तुर : रु.८०० ।-
जिम्मेवारी : प्रसाशन योजना तथा अनुगमन शाखा /शाखा प्रमुख
गुनासो सुन्ने पदाधिकारी : तोकीएको गुनासो सुन्ने अधिकारी /प्रमुख प्रशासकीय अधिकृत
"घ " वर्गको निर्माण ब्यबसायी इजाजतपत्र नबिकरण
सोहि दिन वा बढीमा ३ दिन भित्र
आवश्यक कागजात :

-तोकिए बमोजिमको ढाचामा निवेदन (अनुसूची-६ बमोजिम ),

-घरेलु तथा साना उद्योग कार्यालयको सिफारिस,

-इजाजतपत्रको  प्रमाणपत्र,

-आन्तरिक राजश्व कार्यालयको सिफारिस ,कर तिरेको रसिद,

-कार्यविधिको अनुसूची -२ बमोजिमको चालु आ. व. को दस्तुर तिरेको नगदी रसिदको प्रमाण,

-कार्यविधि अनुसूची -४  बमोजिमको पासबुक भरी पेस गर्नुपर्ने,

-अन्य भए खुलाउने । 

प्रक्रिया :

-

लाग्ने दस्तुर : आर्थिक वर्ष भुक्तान भएको मितिले अस्बिन मसान्त सम्म रु.४००। -चैत मसान्त सम्म दोब्बर दस्तुर
जिम्मेवारी : प्रशासन प्रमुख /शाखा प्रमुख
गुनासो सुन्ने पदाधिकारी : तोकीएको गुनासो सुन्ने अधिकारी /प्रमुख प्रशासकीय अधिकृत
प्रमुख
logo
जयन्त कुमार विष्ट
सहायक प्रशासन अधिकृत
पुरा हेर्नुहोस्


© 2026. घोडाघोडी नगरपालिका, सुदूरपश्‍चिम प्रदेश, नगर कार्यपालिकाको कार्यालय. सर्वाधिकार सुरक्षित
Designed and Developed By: Mohrain