अ-
अ
अ+
डाउनलोड एप
" समतामुलक, समृद्ध पर्यटकीय नगरीः पहिचान सहितको हाम्रो घोडाघोडी । "
Back
राजस्व शाखा - सेवाहरु
गैर सरकारी संस्था नवीकरण
निवेदन पेश भएकै दिन । सर्जमिन गर्नु पर्ने भएमा तीन दिनभित्र ।
आवश्यक कागजात :

१) रितपूर्वकको निवेदन ।

२) लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपी ।

३) कर चुक्ता प्रमाणपत्रको प्रतिलिपी ।

४) संस्थाको प्रगति प्रतिवेदन ।

प्रक्रिया :

उल्लेखित कागजातहरू सहित निवेदन पेश भएपछि अध्ययन गरी औचित्य र आवश्यकताका आधारमा नवीकरण गरिनेछ ।

लाग्ने दस्तुर : गैर सरकारी संस्था रू. २०००/- अन्तर्राष्ट्रिय गैर सरकारी संस्था रू. ५०००/-
जिम्मेवारी : प्रमुख प्रशासकीय अधिकृत
गुनासो सुन्ने पदाधिकारी : उद्योग तथा वाणिज्य शाखा
व्यवसाय दर्ता
पेश गरेकै दिन । सर्जमिन गर्नु पर्ने भएमा तीन दिनभित्र
आवश्यक कागजात :

१) तोकिएको ढाँचामा निवेदन ।

२) निवेदकको नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपी ।

३) जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपी ।

४) व्यवसायसँग सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपी ।

५) आन्तरिक राजश्व कार्यालयमा दर्ता भएको स्थायी लेखानम्बर (पान नम्बर) को प्रमाणपत्रको प्रतिलिपी ।

६) आफ्नै घर भए चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको रसिद वा कर निर्धारण स्विकृत भएको कागजात ।

७) बहालमा भएको भए सम्झौताको प्रितलिपी ।

८)सर्जमिन मुचुल्का ।

९) नयाँ दर्ताको हकमा सम्बन्धित वडा कार्यालयको सिफारिस ।

१०) निवेदकको हालसालै खिचेको पासपोर्ट साइजको फोटो २ प्रति


प्रक्रिया :

उल्लेखित कागजात सहित निवेदन पेश भएपछि आवश्यक जाँचबुझका आधारमा व्यवसाय दर्ता गरिनेछ ।

लाग्ने दस्तुर : आर्थिक ऐनमा उल्लेख भए बमोजिम
जिम्मेवारी : उद्योग तथा वाणिज्य शाखा
गुनासो सुन्ने पदाधिकारी : प्रमुख प्रशासकीय अधिकृत
नक्सा दरखास्त फाराम प्रदान
सोहि दिन
आवश्यक कागजात :

१) दस्तुर बुझाएको भौचर

प्रक्रिया :

दस्तुर बुझाएको भौचर

लाग्ने दस्तुर : आर्थिक ऐनमा भएको व्यवस्था बमोजिम
जिम्मेवारी : राजस्व शाखा
गुनासो सुन्ने पदाधिकारी : प्रमुख प्रशासकीय अधिकृत
मालपोत/सम्पत्ति कर भुक्तानी
सोही दिन
आवश्यक कागजात :

१.अघिल्लो आ .व. को मलपोत/सम्पत्ति कर बुझाएको रसिद यदी सो रसिद नभएमा अन्तिम पटक बुझाएको रसिद, 

२. पहिलो पटकका लागि लालपुर्जाको प्रतिलिपि 

३. ऐलानी जग्गा भएमा निस्साको प्रतिलिपि 

४. जग्गाधनीको नागरिकताको प्रतिलिपि 

प्रक्रिया :

.

लाग्ने दस्तुर : आर्थिक ऐन बमोजिम
जिम्मेवारी : उत्तम कुँवर
गुनासो सुन्ने पदाधिकारी : प्रमुख प्रशासकीय अधिकृत
घर जग्गा सवारी साधन बहाल कर भुक्तानी
सोही दिन
आवश्यक कागजात :

१. भाडा सम्झौता 

२. कार्यालय वा संघसंस्था भएमा कार्यालयको आधाकारिक पत्र 

प्रक्रिया :

.

लाग्ने दस्तुर : भाडा रकमको १० प्रतिशत
जिम्मेवारी : उत्तम कुँवर
गुनासो सुन्ने पदाधिकारी : प्रमुख प्रशासकीय अधिकृत
प्रमुख
उत्तम कुँवर
प्रशासकीय अधिकृत
9813263288


© 2026. घोडाघोडी नगरपालिका, सुदूरपश्‍चिम प्रदेश, नगर कार्यपालिकाको कार्यालय. सर्वाधिकार सुरक्षित