अ-
अ
अ+
डाउनलोड एप
" समतामुलक, समृद्ध पर्यटकीय नगरीः पहिचान सहितको हाम्रो घोडाघोडी । "
Back

वडा नं ११ को विवरण

परिचय
नेपालको सुदूरपश्चिम प्रदेश कैलाली जिल्लामा पर्ने घोडाघोडी नगरपालिकाका १२ वटा वडाहरुमध्ये घोडाघोडी नगरपालिका वडा नं. ११ पनि एक हो । यो वडा घोडाघोडी नगरपालिकाको पश्चिम दक्षिणमा अवस्थित छ । यसको सिमाना उत्तर तर्फ घोडाघोडी नगरपालिकाको वडा नं. १० सँग जोडिएको छ भने पूर्व तर्फ घोडाघोडी नगरपालिका भएर बग्ने कान्द्रा नदि छ जसले यस वडालाई घोडाघोडी नगरपालिकाकै वडा नं. ५ बाट छुट्याएको छ । यस वडाको दक्षिण तर्फको सिमाना घोडाघोडी नगरपालिकाको वडा नं. १२ सँग जोडिएको भने पश्चिम तर्फ गौरीगंगा नगरपालिका रहेको छ । यस वडाको स्थापना वि.सं. २०७३ सालमा भएको हो । साविक पहलमानपुर गा.वि.स. अन्तर्गतका वडा नं. ३, ४, ५ र ६ मिलाएर यस वडाको निर्माण गरिएको हो । वि.सं. २०७८ अनुसार यस वडाको जनसंख्या ४८७६ जना रहेको छ । यस वडामा मुख्य गरी चौधरी/डगौरा थारु, कठरिया थारु, मगर, बाहुन, क्षेत्री, दलित तथा अन्य जातजातीहरुको बसोबास रहेको छ । सिसैया, तिलकहनीपुर, भलौवा, बसन्तपुर, कालिकोट, आम्बासा, मुर्गहुवा, तप्पा र जबलपुर मुख्य बसोबास रहेका क्षेत्र हुन् ।


© 2026. घोडाघोडी नगरपालिका, सुदूरपश्‍चिम प्रदेश, नगर कार्यपालिकाको कार्यालय. सर्वाधिकार सुरक्षित